११ कार्तिक २०८३, बुधबार

निर्वाचन खर्चबारे दिएको अभिव्यक्तिबारे आयोगले कोइरालासँग माग्यो ७ दिनभित्र जवाफ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ चैत । निर्वाचन आयोगले नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालासँग जवाफ मागेको छ ।

चुनावमा गरेको खर्चबारेको अभिव्यक्तिलाई लिएर कोइरालालाई आयोगले जवाफ मागेको हो ।

कोइरालाले हालै मात्र २०७४ को प्रतिनिधिसभा चुनावमा ६ करोडभन्दा बढी खर्च भएको अभिव्यक्ति दिएका थिए ।

तर आयोगमा पेश गरेको विवरणमा भने २१ लाख ७५ हजार मात्र उल्लेख रहेको भन्दै आयोगले कोइरालालाई ७ दिनभित्र स्पष्ट पार्न ध्यानाकर्षण पत्र पठाएको हो ।