
काठमाडौँ, २८ चैत । नेपालमा गत २४ घण्टामा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९७२ जनाको पीसीआर परीक्षण गर्दामा २२ जना र १ हजार १७२ जनाको एन्टीजेन परीक्षण गर्दा ० जना गरी २२ जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।
त्यस्तै, २४ घण्टामा कोरोनाबाट ४६ जना निको भएका छन् भने हाल देशभर ५६८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५४४ जना होम आइसोलेसनमा रहेका छन् भने २४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये ११ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
हालसम्म कुल संक्रमितको संख्या ११ लाख १८ हजार ७३३ पुगेको छ । त्यस्तै, कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार ७४ जना संक्रमणमुक्त भएका छन् ।















प्रतिक्रिया