११ कार्तिक २०८३, बुधबार

कांग्रेसबाट निर्वाचित वडाअध्यक्षसहित दुई सय बढी एमाले प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, २८ चैत । नेपाली कांग्रेसबाट निर्वाचित गैडहवा गाउँपालिका– १ का वडाअध्यक्ष प्रदीपकुमार चौधरीसहित दुई सय बढी नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

उनीहरु अब नेपालमा एमालेको विकल्प नभएको भन्दै पार्टी प्रवेश गरेका हुन् ।

त्यस्तै जनता समाजवादी पार्टी नेपाल (जसपा) लगायत विभिन्न पार्टी परित्याग गरी सयौँ एमालेमा प्रवेश गरेको एमाले रुपन्देही जिल्ला कमिटिले जनाएको छ ।

उनीहरुलाई एमालेका पोलिटब्युरो सदस्य तथा राष्ट्रियसभामा संसदीय दलका नेता खिमलाल भट्टराईले पार्टीमा स्वागत गरे ।

कार्यक्रममा बोल्दै नेता भट्टराईले आगामी निर्वाचनमा एमालेलाई जिताउन आग्रह गरे । एमालेकै नेतृत्वमा मात्र मुलुकमा विकास हुने उनको भनाइ थियो ।