११ कार्तिक २०८३, बुधबार

नागढुंगा सुरूङमार्ग आयोजनाको कार्यालयमा किन भयो तोडफोड ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ चैत । नागढुंगा सुरूङमार्ग आयोजनाको कार्यालयमा स्थानीयले तोडफोड गरेका छन् ।

दहचोक–सिस्ने खोला सुरूङ मार्ग आयोजनाका कारण खानेपानीको मुहान सुकेको भन्दै स्थानीयले आयोजनाको कार्यालयमा तोडफोड गरेका हुन् ।

दुई साताअघि स्थानीयले प्रदर्शन गरेका थिए । खानेपानीको व्यवस्था गरिदिने सहमतिसँगै प्रदर्शन रोकिएको थियो ।

आक्रोशित स्थानीयले आयोजनाको कार्यालयको सिसा फुटाइदिएका छन् ।