११ कार्तिक २०८३, बुधबार

पाँच लाख घुससहित मालपोतका निमित्त कार्यालय प्रमुख पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ चैत । भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका निमित्त कार्यालय प्रमुख (शाखा अधिकृत) सुनिलकुमार झा ५ लाख घुससहित पक्राउ परेका छन् ।

झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले झाले सेवा ग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।

‘भूमिसुधार तथा मालपोत कार्यालय, धनुषाका निमित्त कार्यालय प्रमुख (शाखा अधिकृत) सुनिल कुमार झाले जग्गा सम्बन्धी हक साफी मुद्दामा उक्त मुद्दाको फैसला सुनाए वापत सेवाग्राहीसँग रु. ५,००,०००।– घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज निमित्त कार्यालय प्रमुख (शाखा अधिकृत) सुनिल कुमार झालाई सेवाग्राहीबाट रु. ५,००,०००।– (पाँच लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित निजलाई भानुचोक, जनकपुर, धनुषाबाट आज मिति २०७८।१२।२८ गते बिहान ८ः१५ बजे नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
,