११ कार्तिक २०८३, बुधबार

माधव नेपाल समुहले एमालेको जनमत विभाजन गर्ने हैसियत राख्दैनः महासचिव पोखरेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ चैत । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले माधव नेपाल समुहले चुनावमा एमालेको जनमत विभाजन गर्ने हैसियत नराख्ने बताएका छन् ।

महासचिव पोखरेलले माधव नेपालको समूहले एमालेलाई नगण्य मात्रै असर पुर्याउने बताएका हुन् ।

‘माधव नेपाल समुहले एमालेको जनमत बिभाजित गर्ने हैसियत नै राख्दैन, त्यो समुहले पुर्याउने असर नगण्य हुन्छ,’ नेकपा एमाले केन्द्रीय प्रचार विभागले आज आयोजना गरेको स्थानीय निर्वाचन केन्द्रित प्रशिक्षणमा बोल्दै महासचिव पोखरेलले भने ।

एमाले महासचिव पोखरेलले माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डलाई एमालेमा ल्याउने वा सहकार्य गर्ने गल्ती नहुने पनि प्रष्ट पारे ।

‘प्रचण्ड र माधवलाई पार्टीमा फिर्ता ल्याउने होइन, शेरबहादुर देउवातिरै धकेल्ने हो, उतै जान दिनुपर्छ, माधव र प्रचण्डको भ्रममा परेर त्यता लागेका अन्य नेता कार्यकर्तालाई भने पार्टीमा स्वागत गर्नुपर्छ,’ महासचिव पोखरेलले भने ।

त्यस्तै, महासचिव पोखरेलले मुलुकको विकास, समृद्धि र स्थिरताका लागि बलियो राष्ट्रिय शक्ति स्थापित हुन आवश्यक भएको बताए ।

उनले गठबन्धनमा जाँदाको परिणाम राष्ट्रिय जनमोर्चा बिघटनको संघारमा पुगेको बताए । ‘राष्ट्रिय जनमोर्चा आज लगभग बिघटनको संघारमा पुगेको छ, लुम्बिनी र गण्डकी बलियो आधार क्षेत्र मानिन्छ त्यो पार्टीका, तर आज दुवै प्रदेशमा राजमोको ठूलो हिस्सा एमाले बनिसकेको छ, बन्न्े क्रम जारी छ,’ पोखरेलले भने ।

एमाले उपमहासचिव एवं केन्द्रीय प्रचार तथा प्रकाशन बिभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले समृद्ध नेपालको स्पप्नद्रष्टाका रुपमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देखाएको बाटोमा मुलुकलाई लान एमालेले विजय हासिल गर्नुपर्ने बताए । उनले एमाले सत्य र न्यायको पक्षमा रहेकोले पाच दलीय गठबन्धनलाई पराजीत गरी मुलुक निर्माणको अभियान पुनः थाल्नुपर्ने बताए ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा प्रचार बिभाग उपप्रमुख बिष्णु रिजालले स्थानीय तहको निर्वाचनमा झुटलाई परास्त गरी जस्ताकै तस्तै सूचना सम्प्रेषण गर्दा पनि एमालेको बिजयलाई कसैले राक्न नसक्ने बताए ।