
चितवन, २७ चैत । नेकपा (एमाले) चितवनले भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवारमा विजय सुवेदीलाई उम्मेदवार बनाउने भएको छ ।
एमाले चितवन जिल्ला इन्चार्ज एवम पोलिट्ब्यूरो सदस्य देवी ज्ञवालीको प्रस्ताव तथा सांसद कृष्णभक्त पोखरेलको समर्थनमा भरतपुर महानगरको मेयरमा एमालेबाट
सुवेदीलाई उम्मेदवार बनाउने घोषणा भएको हो ।
सुवेदी प्रदेशसभा सदस्य समेत हुन् । उनी २०७४ मा भएको प्रदेश निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं। २ ख बाट विजयी भएका थिए । अष्टलक्ष्मी शाक्य वागमती प्रदेशको मुख्यमन्त्री हुँदा सुवेदीले सामाजिक विकासमन्त्री सम्हालेका थिए ।
सुवेदीले जिल्लाको पार्टी प्रमुख भएर तीन कार्यकाल सम्हालेका थिए ।















प्रतिक्रिया