
काठमाडौँ, २७ चैत । नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्मा भाग्ने स्थिति आउन सक्ने बताएका छन् ।
आइतबार नेकपा (एमाले)को प्रचार विभागद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले अर्थमन्त्री शर्माले कानुन विपरीत काम गरेकाले भाग्ने स्थिति आउन सक्ने बताएका हुन् ।
शर्माले विदेशबाट आएको रकम खुलाउन राष्ट्र बैंकलाई पत्र लेखेको भन्दै उक्त रकम गैरकानुनी भएको बताए । ‘यदि एजेन्सी दह्रो हुने हो भने यही केसमा लगेर अर्थमन्त्रीलाई हाल्नुपर्ने हो भित्र, किन लेख्यौं पत्र भनेर यसो गर्न मिल्छ ?’ उनले भने, ‘हामीले बनाएको ऐन भन्दा बाहिर गएर कसैले चल्न मिल्छ र ?’अहिले श्रीलंकाका अर्थमन्त्री भाग्नुपर्ने अवस्था आएको भन्दै उहाँले नेपालको अर्थमन्त्रीको पनि त्यही अवस्था आउन सक्ने टिप्पणी गरे ।
‘श्रीलंकामा अर्थमन्त्री भाग्ने रे सुन्दैछु, कतै यो दिन त नआओस् नेपालमा’ उनले भने ।















प्रतिक्रिया