
काठमाडौँ, २७ चैत । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले मुलुकको आर्थिक अवस्था जोखिममा रहेको बताएका छन् ।
उनले सार्थक हस्तक्षेप नगरेमा मुलुक श्रीलंकाजस्तै हुनबाट कसैले रोक्न नसक्ने बताए।
आइतबार नेकपा एमालेको प्रचार विभागले आयोजना गरेको कार्यक्रममा उनले एमालेले सुदृढ अर्थतन्त्र छाडेर विदा भएको तर अहिलेको सरकारले ९ महिनामै आर्थिक अवस्था अत्यन्त जोखिमको अवस्थामा पुर्याएको बताए ।
मुलुकको आर्थिक स्थिति जोखिमउन्मुख छ, जोखिमको स्तरमा नेपाल आइपुगेको छ, यदि हामीले सार्थक हस्तक्षेप गरेनौं भने, जे जस्तो समस्या देखिएका छन्, ती समस्याको निराकरण नहुने हो भने मुलुक श्रीलंका हुनबाट कसैले रोक्न सक्दैन’ उनले भने ।
‘गलत खालका नीति लिने र मुलुकलाई श्रीलंका हुनबाट जोगाउँछु भन्ने दावी गरेर हुँदैन’ पौडेलको भनाइ छ ।















प्रतिक्रिया