
ललितपुर, २७ चैत । नेकपा (एमाले)बाट ललितपुर महानगरको मेयर उम्मेदवारका लागि हरिकृष्ण व्यञ्जनकार सर्वसम्मत चयन भएका छन् ।
शनिबार बसेको एमालेको पार्टी महानगर कमिटी बैठकले व्यञ्जनकारलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
त्यस्तै, उपमेयरमा ३ जनाको दावी परेको छ ।
व्यञ्जनकारका अनुसार पार्टी महानगर कमिटिको अध्यक्ष आस्था शाक्य “मञ्जली” र पार्टी प्रदेश कमिटी सदस्य सरस्वती खड्काले उपमेयरको लागि दावी प्रस्तुत गरेका छन् ।
व्यन्जनकार एमालेको केन्द्रीय कमिटी सदस्य तथा ललितपुर जिल्ला सह इन्चार्ज समेत हुन् ।















प्रतिक्रिया