
-माधव बेल्वासे
चन्द्रौटा, २६ चैत । कपिलवस्तुको शिवराज नगरपालिका वडा ९ मा रहेको अजम्मरी सामुदायिक वनमा डढेलो नियन्त्रण गर्नको लागि नागरिकहरूलाई अभ्यास तालिम प्रदान गरिएको छ ।
तेस्रो ध्रुव संरक्षण,दुर्लभ प्रजाति कोष र ध्वाँसे चितुवा संरक्षण समूहको सहयोगमा डढेलो नियन्त्रण गर्ने उपाय लगायत आगो नियन्त्रण गर्न आवश्यक सामाग्री समेत सामुदायिक बनलाई हस्तान्तरण गरिएको छ ।
उक्त सामाग्री हस्तान्तरण गर्दै डिभिजन बन कार्यालय गौतमबद्धका प्रमुख दधिलाल कँडेलले बन डढेलोलाई रोक्न स्थानीयहरू जागरूक हुनुपर्ने बताए । नेपालमा डढेलोका कारण वर्षेनी क्षति हुने गरेको बताउँदै यसलाई नियन्त्रण गर्न सङ्घ संस्थाले अभ्यास सँगै सामाग्री प्रदान गरेकोमा धन्यवाद दिए ।
डिभिजन अन्तर्गतका विभिन्न निजी,सामुदायिक तथा साझेदारी बनहरूमा गर्मी याममा आगलागीको उच्च जोखिम रहेकोले सतर्कता अपनाउनुपर्ने बताए । सामान्य लापरवार्हीले सिगै बन नै मासिने भएकोले कसैले लापरबाही गर्न नहुने बताए । यो समयमा सुकेका पातहरू झर्ने भएकोले उच्च जोखिम रहने बताए ।
बनमा डढेलो नियन्त्रण गर्नको लागि फारलाईन सफा गर्ने,पात पंतिगरहरु जम्मा गरेर जलाउने, मानिसको नियन्त्रणमा राखेर आगोले अनावश्यक वस्तु जलाउनुपर्ने कँडेलले बताए ।

आगो कसरी लाग्न सक्नछ र यसलाई नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिएका छौ, उनले भने बन रक्षक तथा स्थानीय उपभोक्ता लागि परेमा न्यूनीकरण हुने आगो कसरी लाग्न सक्नछ र यसलाई नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिएका छौ, उनले भने वन रक्षक तथा स्थानीय उपभोक्ता लागि परेमा न्यूनीकरण हुने छ ।
अग्नि प्रतिरोधक जंम सुट,वाटर स्प्रे,हेलमेट,स्वाटर लगायत डेढ लाख बरावरको सामाग्री सामुदायिक बनलाई वितरण गरेको तेस्रो ध्रुव संरक्षणका निर्देशक गंगाराम रेग्मीले बताए । वनमा रहेको वन्यजन्तुलाई सबै मिलेर बचाउनुपर्ने भन्दै यी सामाग्री आगो नियन्त्रणमा ल्याउन सहज हुने रेग्मीले बताए ।
उक्त सामाग्री बुझ्दै अजम्मरी सामुदायिक बनका अध्यक्ष सुक माया विकले आगो नियन्त्रण गर्ने तालिम पाएकोमा नियन्त्रण गर्न सहज हुने बताए । कतिपय समयमा आगो निभाउँदै गर्दा नागरिकहरुनै आगोमा पर्ने तथा जल्ने समस्या रहेकोले अग्नि प्रतिरोधक सामाग्रीहरूले सहजता आउने बताए । अग्नि नियन्त्रण अभ्यासलाई सहायक बन अधिकृत संजय मिश्र, गणेश चौधरी र गणेश पुरीले सहजिकरण गरेका थिए ।















प्रतिक्रिया