
काठमाडौँ, २६ चैत । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा आफूले ६ करोड रुपैयाँ खर्च गरेको बताए ।
नवलपुर–१ बाट निर्वाचित भएका उनले २०७० सालमा ३ करोड रुपैयाँ खर्च भएको र २०७४ सालमा ६ करोड खर्च भएको उल्लेख गरे ।
शनिबार काठमाडौँमा एक कार्यक्रममा उनले भने, ‘मैले नवलपरासी क्षेत्र नम्बर १ बाट तीन चोटी जितेँ । पहिलो चोटी मेरो खर्च ८० हजार थियो । दोस्रो चुनावमा ३ करोड र लास्ट चुनावमा ६ करोड ।’
त्यस्तै, आफ्नो क्षेत्रबाट कसैले चुनाव लड्ने भए आफू छोड्न तयार रहेको समेत बताए, ‘ल भन्नुस् त तपाईहरु चुनाव लड्न चाहनुहुन्छ मेरो क्षेत्रबाट ? म छोड्न तयार छु । तपाईंले कम्तीमा ६/७ करोड खर्च गर्नुपर्छ ।’
उनले पहिलो पटक आफू नयाँ रहेको तर त्यसपछि चुनाव खर्च झन् अस्वभाविक रुपमा बढेको उनले बताए । ‘चिनिसकेपछि त झन् घट्नुपर्यो नि, मेरो चुनावीखर्च घट्दै जानुपर्ने हो, बढ्दो क्रममा छ’ उनले भने ।















प्रतिक्रिया