
काठमाडौँ, २६ चैत । अभिनेता भुवन केसीले आफू काठमाडौँ महानगरपालिकाको मेयर नउठ्ने स्पष्ट पारेका छन् ।
शनिबार सामाजिक सञ्जालमा उनले यसबारे जानकारी गराएका हुन् ।
उनले हाल आफू कुनै पनि पार्टीमा नरहेको पनि बताएका छन् । त्यस्तै, मेयरको उम्मेदवार बन्ने विषयमा कुनै पनि ठोस निर्णय नभएको पनि उनले प्रष्ट पारे ।
उनले भने, ‘स्थानीय निर्वाचनको संघारमा धेरै पार्टीसँग छलफल भएको र धेरैले आफूलाई आफ्नो पार्टीमा आउन आमन्त्रण गरेको सन्दर्भमा मैले उन्नत लोकतान्त्रिक पार्टीसँग छलफलमा बसेको तर कुनै ठोस निर्णय नभएको पनि यहाँहरूमा अवगत गराउन चाहन्छु ।’
यसअघि उनलाई स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टीले आगामी स्थानीय तहको निर्वाचनमा केसीलाई महानगरको मेयर उठाउने निर्णय गरेको थियो ।















प्रतिक्रिया