
काठमाडौँ, २६ चैत । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गम्भीर भूल भएको टिप्पणी गरेका छन् ।
पूर्वप्रधानसेनापति रुक्माङगत कटुवाललाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बर्खास्त गरेको प्रकरणमा उनी आफैँ प्रधानमन्त्रीबाट हट्नु परेको स्मरण गर्दै पोखरेलले गभर्नर प्रकरण पनि त्यस्तै भएको बताए ।
‘कटुवाल प्रकरणपछि माओवादीको अर्को गम्भीर भुल हो यो गभर्नरको निलम्वन,’ पोखरेलका छोटो प्रतिक्रिया छ, ‘अर्थिक संकटको कारक अर्थमन्त्री र मुकदर्शक बनेका प्रम आफै हुन् ।’
गभर्नर अधिकारीलाई बिहीबारको मन्त्रिपरिषदको बैठकले निलम्बन गर्ने निर्णय गरेको भए पनि शुक्रबार मात्रै सार्वजनिक गरिएको थियो ।
त्यस्तै, चौतर्फी रुपमा यस कार्यको तीव्र आलोचना भइरहेको छ ।















प्रतिक्रिया