
सिन्धुली, २६ चैत । नेकपा (एमाले)बाट गोलञ्जोर गाउँपालिकाको अध्यक्षमा शंकरराज बराल सर्वसम्मत चयन भएका छन् ।
पार्टी इञ्जार्ज तथा सांसद गणेश पहाडीको उपस्थितिमा भएको पार्टी पालिका पदाधिकारीको बैठकले बराललाई अध्यक्षको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।
सिन्धुलीमा सर्वसम्मत उम्मेदवार बनाउने गोलञ्जोर गाउँपालिका पहिलो बनेको छ ।
एमालेबाट अहिलेसम्म वडा नम्बर ३ र ४ वडाध्यक्ष टुंगो लागेको छ । अन्य वडामा भने टुंगो लाग्न बाँकी छ ।















प्रतिक्रिया