
काठमाडौँ, १८ चैत । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले माधव नेपालले पार्टी फुटाएर अपराध गरेको बताएकी छन् ।
अनेरास्ववियुको भेलालाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले यस्तो बताएकी हुन् ।
शाक्यले माधव नेपालले त्याग र बलिदान गरेर बनाएको पार्टीलाई चटक्कै छोडेर आफ्नो भाग लिएर पार्टी फुटाएर जानु अपराध भएकोे बताएकी हुन् ।
‘१५ वर्ष महासचिव भएर काम गर्नुभएको, अनि यो पार्टी चटक्कै छोडेर भाग लिएर जानुभयो । पार्टी फुटाउने कुरा अपराध हो । त्याग र बलिदान गरेर बनाएको पार्टी फुटाएर माधव नेपालले अपराध नै गर्नुभएको हो’, शाक्यको भनाइ छ ।
आफूले जनताको दुःखले बनेको पार्टी फुटाउने कुरामा हस्ताक्षर नगरेको उनले बताइन् । ‘यो बहुत दुःख लाग्दो कुरा, अपराध हो’, शाक्यको भनाइ छ ।














प्रतिक्रिया