
काठमाडौँ, १७ चैत । सरकारले सार्वजनिक यातायात भाडा बढाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै सार्वजनिक यातायातको भाडा ११ देखि १३ प्रतिशतसम्म वृद्धि गरेको छ ।
यातायात व्यवसायीले इन्धनको मूल्य बढेकाले सार्वजनिक यातायात भाडा बढाउन माग गर्दै आएका थिए ।
यद्यपि हाल एक प्रदेशबाट अर्को प्रदेशसम्म चल्ने सवारी यातायातको मात्रै भाडा बढेको बताइएको छ ।
यातायात विभागले आइतबार मात्रै बढेको भाडा सार्वजनिक गर्ने भएको छ ।














प्रतिक्रिया