
सर्लाही, १७ चैत । सर्लाहीमा क्रेनको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ ।
जिल्लाको वागमती नगरपालिका–७ स्थित निमीचोकमा क्रेनले ठक्कर दिँदा साइकलमा सवार १७ वर्षीया सुमित्रा परियारको घटनास्थलमै मृत्यु भएको हो ।
छात्राको मृत्युपछि दुई वटा स्कुलका विद्यार्थी र स्थानीयबासीले प्रदर्शन गरेका छन् ।
सयौँको उपस्थितिमा भएको प्रदर्शनमा छात्राको शव उठाउन दिइएको छैन ।
यसैबीच गृहमन्त्रीले सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर स्थितिलाई शान्तिपूर्ण तवरले सुल्झाउन निर्देशन दिएका छन् ।
भीडलाई नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड अश्रुग्यास फायर गरेको छ ।














प्रतिक्रिया