
काठमाडौँ, १७ चैत । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २३ अंकले घटेको छ । निरन्तर घटिरहेको नेप्से वुधबार ४० अंकले बढेको थियो ।
तर साताको अन्तिम दिन बिहीबार २३.९५ अंकले घट्दै नेप्से २५४४.३१ अंकमा झरेको छ ।
आजको दिन अधिकांश कम्पनीले गुमाएका छन् । त्यस्तै, विभिन्न कम्पनीका ३७ लाख बढी कित्ता किनबेच हुँदा एक अर्ब ८९ करोडको कारोबार भएको छ ।















प्रतिक्रिया