६ कार्तिक २०८३, शुक्रबार

लक्ष्मी बैंक र आईसीआईसीआई बैंकबीच सम्झौता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ चैत । लक्ष्मी बैंक लिमिटेड र भारतको आईसीआईसीआई बैंक लिमिटेड बिच व्यापारिक साझेदारीका क्षेत्रहरू विस्तार गर्ने सम्झौता सम्पन्न छ ।

सो सम्झौता पत्र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र आइसिआइसिआइ बैंकको नेपालका लागि प्रमुख प्रतिनिधि रन्जनकुमार थापाले आदानप्रदान गरेका थिए ।

सम्झौताले नेपाल र भारतबीचको परम्परागत अन्तर–बैंक भुक्तानीका साथसाथै क्युआर भुक्तानी गरी दुई देशबीच रेमिट्यान्स भुक्तानीको दायारा विस्तार गर्न सहज बनाउने छ । साथै यो सम्झौताले दुई बैंकबीच मानव शंसाधन, प्रविधि र सञ्चालनलगायतका विविध क्षेत्रमा ज्ञान आदानप्रदान गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।