१२ कार्तिक २०८३, बिहिबार

अब यी तीन किसिमका बिरामीले मासिक ५ हजार भत्ता पाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ चैत । मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार भत्ता दिने प्रक्रिया अघि बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत १३ गते मन्त्रिस्तरको निर्णयले रकम उपलब्ध गराउन कार्यविधि बनाएपछि भत्ता पाउने अवस्था बन्न लागेको हो ।

यससँगै अब प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीले औषधि उपचारबापत मासिक ५ हजार पाउनेछन् ।

मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा देशभरका ७५३ स्थानीय तहबाट रकम उपलब्ध गराउने पत्राचार समेत गरिसकिएको छ ।