१२ कार्तिक २०८३, बिहिबार

माओवादीबाट निर्वाचत वडाध्यक्ष एमाले प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङ, १६ चैत । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट ताप्लेजुङको आठराइ त्रिवेणी गाउँपालिकाको वडाध्यक्षमा निर्वाचित सन्तोष आङ्बुहाङ एमालेमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य समेत रहेका आङ्वुहाङ एमाले प्रवेश गरेको एमाले ताप्लेजुङ जिल्ला कमिटी उपसचिव दीपेन पोमूले जानकारी दिए ।

उनीसहित अर्का जिल्ला सचिवालय सदस्य सूर्य आङ्वुहाङसहित दर्जनौं एमालेमा प्रवेश गरेको पोमूले बताए ।

उनीहरुलाइ एमाले पोलिटब्युरो सदस्य तथा पूर्वसांसद तिलकुमार मेन्याङ्वोसहितका नेताहरुले पार्टीमा स्वागत गरेका छन् ।