
काठमाडौँ, १६ चैत । उच्च अदालत पोखराले नाबालिग बलात्कार आरोपमा रहेको अभिनेता पल शाहलाई थुनामा पठाउनुको कारणसहितको कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको छ ।
बुधबार अदालतका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले यस्तो आदेश जारी गरेको हो ।
आदेशमा तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरी सो को जानकारी सरकारी वकिल कार्यालयलाई गराउन भनिएको छ ।
शाहले मुलुकी फौजदारी कार्यावधि संहिता, २०७४ को दफा ७३ बमोजिम साधारण तारेखमै रिहा हुन पाउनुपर्ने माग गर्दै मंगलबार उच्च अदालत पोखरामा निवेदन दर्ता गराएका थिए ।














प्रतिक्रिया