१२ कार्तिक २०८३, बिहिबार

गोकर्णेश्वरमा टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु भएपछि टिपर र जेसिवीमा आगजनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ चैत । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीजल दोबाटोमा टिपरको ठक्करबाट २ जना विद्यार्थीको मृत्यु भएपछि आक्रोशित स्थानीयबासीले टिपरमा आगजनी गरेका छन् ।

बा.४ ख ६९६२ नम्बरको टिपरको ठक्करबाट बुधवार बिहान ९ वर्षीया श्रेया तामाङ र ४ वर्षीया सृष्टिको मृत्यु भएको थियो ।

दुर्घटनापछि आक्रोशित स्थानीयले दुईवटा टिपर, जेसिबी र त्यहाँ सञ्चालित बालुवा वासिङ्गको टहरामा आगजनी गरेका हुन् ।

सयौँको संख्यामा उपस्थित भएर स्थानीयहरुले प्रदर्शन गर्नुका साथै आगजनी गरेका हुन् । प्रहरीका अनुसार टिपर चालक नुवाकोटको शिवपुरी गाउँपालिका–४ घर भएका ४३ वर्षीय राजेन्द्र नगरकोटीलाई नियन्त्रण गरिएको छ ।

बा. ५१ प ८७२२ नम्बरको रोहन तामाङले चलाएको मोटरसाइकललाई ठक्कर दिँदा रोहनका दुई छोरीको घटनास्थलमा नै मृत्यु भएको थियो ।