
काठमाडौँ, १५ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारणलाइनको उद्घाटन गरिने भएको छ ।
करिडोरको शनिबार दिल्लीबाट प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल माध्यमबाट स्वीच थिचेर प्रसारणलाइनको उद्घाटन गर्ने ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री देउवा चैत १८ गतेदेखि भारतको भ्रमणमा जाँदैछन् ।














प्रतिक्रिया