
काठमाडौँ, १५ चैत । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको प्रायोजनमा खेलकुंदको विकासका लागि चैत ११ र १२ गते त्रिभुवन विमानस्थल परिसरमा रहेको रोयल नेपाल गल्फ कोर्समा दुई दिने ओपन गल्फ टुर्नामेन्ट २०२२ सम्पन्न भयो ।
प्रतियोगितामा १०० जना खेलाडीहरु सहभागी भएका थिए । सहभागी विजेता खेलाडीहरुलाई विभिन्न १६ वटा विधाको लागि पुरस्कार तथा पदकहरु वितरण गरियो ।
प्रतियोगितामा पुरुषतर्फ अवकास प्राप्त कर्णेल सशी विक्रम सिंह, रनरअपमा अतिरिक्त प्रहरी महानिरिक्षक हरि बहादुर पाल, ग्रस विनरसुरज श्रेष्ठ, महिलातर्फ तारा कार्की चित्रकार, रनर अप रेखा घिमिरे, सिनियर विनरमा मेजर जनरल विजय मोक्तान, सिनियर रनर अप सन प्रसाद प्रधान, होल इन वान होल न. ६ मा जयबिर आचार्य विजयी भएका छन् ।

त्यस्तै, जुनियर विनर बोइमा अभिमन्यु कार्की, जुनियर रनर अप बोइजमा जयबिर आचार्य, जुनियर महिलातर्फ इष्टेना टण्डन, जुनियर रनर अप महिलामा अन्वद्या मल्ल, मोस्ट बर्डिजमा अवकास प्राप्त वरिष्ठ प्रहरी उपरिक्षक राजेन्द्र श्रेष्ठ, लंगेस्ट ड्राइभ अ्याट ११ सानु सान्यो शाही, क्लोजेस्ट टु द पीन अ्याट १२ मा ताहिर शाह र बेस्ट स्पोर्टस्म्यानसीपमा अनिल सिन्हा विजयी भएका थिए ।
समापनका अवसरमा आयोजित पुरस्कार वितरण समारोहमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि.का अध्यक्ष मनोहर दास मुलले अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त रहेको गल्फ प्रतियोगिताको माध्यमबाट खेलकुंदको बिकासमा योगदान गर्ने र नयाँ पुस्तालाई यस खेलतर्फ आकर्षित गर्ने उद्देश्यसहित कम्पनीले सन् २०१८ र २०१९ मापनि यसै गरी गल्फ टुर्नामेन्टको प्रायोजन गरेको, सन् २०२० र २०२१ माकोरोना संक्रमणको कारण प्रतियोगिता सम्पन्न हुन नसके पनि यस वर्ष पुनःउक्त कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी गराए ।
















प्रतिक्रिया