
कैलाली, १५ चैत । गोदावरी नगरपालिका-१ महेन्द्रनगर रोडस्थित भिम बहादुर कडायतको भगवती अटो पार्टसमा विद्युत सर्ट भई सोमबार राति आगलागी भएको छ । साथै उक्त आगलागी फैलिएर सोही ठाउँ बस्ने धिरेन्द्र शाहको देबसरा शाह पोल्ट्रीफार्ममा समेत आगलागी भएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।














प्रतिक्रिया