१२ कार्तिक २०८३, बिहिबार

इटहरीमा बम विस्फोट : दुईजना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १५ चैत । । सुनसरीको इटहरीमा ‘सुतली’ बम विस्फोट हुँदा दुईजना घाइते भएका छन् ।

प्रहरीका अनुसार गए राति इटहरी उपमहानगरपालिका–२, हलगडाको नवजागृति टोलमा डेरा गरी बस्ने २२ वर्षीय रबिन थापा र लमजुङ, ढोडेनीका २३ वर्षीय शेरजंग गुरुङ विस्फोटमा परी घाइते भएका हुन् ।

गुरुङ र थापा बस्ने घरको डेरामा राति साढे १० बजेतिर विस्फोट भएको र थापाको आँखा तथा गुरुङको शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ । घटनापछि थापालाई उपचारका लागि विराटनगर आँखा अस्पतालमा पठाइएको छ । गुरुङको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।