
नवलपुर, १४ चैत । माओवादी केन्द्रको भातृसंगठन वाईसीएल नवलपुरका जिल्ला अध्यक्ष प्रवीणराज पौडेल नेकपा एमालेमा प्रवेश गरेका छन् ।
सोमबार साँझ नवलपुरको सदरमुकाम कावासोतीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पौडेल माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।
पौडेलले माओवादीबाट मुलुकको परिवर्तन सम्भव नभएको भन्दै एमालेमा आएको बताए । उनले अब मुलुकको परिवर्तन एमालेबाट मात्रै सम्भव भएको पनि बताए ।
प्रचण्डसँगै युद्ध लडेकाहरुले समेत उनको साथ छोडेको उल्लेख गर्दै पौडेलले अब आफू एमालेमा रहेर परिवर्तनका लागि राजनीति गर्ने पनि बताए ।














प्रतिक्रिया