
कपिलवस्तु, १४ चैत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलकको समृद्धीको नायक नेकपा एमाले तथा समृद्ध नेपाल, सुखी नेपालीको नायक केपी ओली भएको बताएका छन् ।
सोमबार कपिलवस्तुमा भएको वृहत पार्टी प्रवेश समारोहमा सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन् । ‘अवको मुल काम जनताको जिवनमा परिवर्तन ल्याउने कुरा हो, मुलकको समृद्धीको नायक नेकपा एमाले हो, समृद्धी नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षाको नायक केपी ओली हो,’ पोखरेलले भने, ’हिजो एमालेलाई मधेश बिरोधी बनाईयो तर मधेशका जनताले पत्याएनन, तराई मधेशको बिकासको अभियान केपी ओलीको नेतृत्वमा सूरु भएको हो । अरुबाट त्यो सम्भव छैन भन्ने मधेशका जनताले बुझिसक्नु भएको छ ।’
त्यस्तै, पोखरेलले जनताको मोर्चासामु परमादेशबाट बनाइएको ५ दलीय गठबन्धन सरकार टिक्न नसक्ने बताए ।
उनले जनताको मोर्चाले परमादेशी मोर्चालाई परास्त गरेरै छाड्ने बताएका छन् ।
उनले भने, ‘देशभरी एमाले प्रवेश गर्नेहरुको लहर छ, एमालेलाई घेराबन्दी गरेर देशलाई असफल बनाउन खोज्नेहरु बिरुद्धको नागरीकको मोर्चा बनेको छ, त्यसको नेतृत्व एमालेले गरेको छ । अवको निर्वाचनमा परमादेशी मोर्चालाई जनताको मोर्चाले परास्त गरेरै छाडने छ ।’
उनले अब एमालेसँग लड्ने तागत ५ दलीय गठबन्धनमा नभएको पनि बताए । ‘अब मुलुक विकास र समृद्धीको बाटोमा हिडन चाहन्छ एमालेले नै बिकास र समृद्धीको अगुववाई गर्छ भनेर एमालेलाई चौतर्फी घेराबन्दी गरीयो तर जनताको लहर एमालेप्रति छ भन्ने तथ्य स्थापित भइसकेको छ,’ पार्टी प्रवेश कार्यक्रममा पोखरेलले भने, ‘एमाले स्वाभिमान र स्वाधिनताका पक्षमा हिडेका कारण जनताको लहर एमालेप्रति आर्कषित भएका कारण घेराबन्दी गरीयो । अव एमालेले कपिलबस्तु त जित्छ जित्छ देश भरी नै जित्छ ।’














प्रतिक्रिया