१२ कार्तिक २०८३, बिहिबार

साना दललाई आफ्नै चुनाव चिह्नमा निर्वाचन लड्न दिने आयोगको निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ चैत । निर्वाचन आयोगले साना दललाई पनि आफ्नै चुनाव चिह्नमा स्थानीय तहको निर्वाचन लड्न दिने निर्णय गरेको छ ।

आयोगको आइतबार बसेको बैठकले राष्ट्रिय मान्यता प्राप्त नगरेका दलहरुलाई पनि दल दर्ताको समयमा लिएको चुनाव चिह्नकै आधारमा चुनाव लड्न दिने निर्णय गरेको हो ।

स्थानीय निर्वाचनका लागि आयोगमा ७९ दल दर्ता भएका थिए । राजनीतिक दलसम्बन्धी ऐन अनुसार राष्ट्रिय मान्यता प्राप्त दलले मात्र आफ्नै चुनाव चिह्न पाउने व्यवस्था छ ।

साना दलहरुले आफ्नै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गरेका थिए । आयोगले दलको जिल्लाको संरचना समेत माग गरेको थियो । त्यसकै आधारमा आयोगले दल टुंगो लगाएको हो ।

काठमाडौँमा सबभन्दा धेरै राष्ट्रिय मान्यता प्राप्त ६ र मान्यता नभएका ४० दल भएका छन् ।