
काठमाडौँ, १५ फागुन । जनता समाजवादी पार्टी (जसपा)की सांसद लिलादेवी सिटौलाले विदेशीसँग सहयोग लिने नाममा लम्पसार पर्ने परम्परा बन्द हुनुपर्ने बताएकी छन्।
प्रतिनिधिसभामा एमसीसीमाथिको छलफलका क्रममा बोल्दै उनले नेपाल अनुदानले चलेको देश भएपनि सहयोगका लागि लम्पसार पर्न नसकिने बताएकी हुन्।
उनले भनिन्, ‘हाम्रो देश अनुदानले चलेको छ। सबै देशसँग सहयोग लिन्छौँ। सहयोगको नाममा लम्पसार पर्दैनौँ। लम्पसार पर्ने परम्मरा अन्त्य हुनुपर्छ।’ उनले एमसीसी नेपालको परराष्ट्र नीतिअनुरुप नभएको बताइन्।












प्रतिक्रिया