५ कार्तिक २०८३, बिहिबार

युक्रेनमा सेना पठाउने पुटिनको निम्तो स्वीकार्दै रुस पुगे पाकिस्तानी प्रधानमन्त्री, के चाहन्छ रुस ?

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दिल्ली। रुस र युक्रेनबीचको विवाद सबैभन्दा खराब अवस्थामा पुगेका बेला पाकिस्तानी प्रधानमन्त्री इमरान खान रुस पुगेका छन्। पाकिस्तानको विदेशमन्त्रालयका अनुसार रुसी राष्ट्रपति भ्लादमिर पुटिनको आग्रहमा खान रुस पुगेका हुन्। खान दुई दिन रुसमै हुनेछन्।

क्रेमलिनका कारण युक्रेनमा जटिल चुनौती खडा भएका बेला पाकिस्तानी प्रधानमन्त्रीको मस्को भ्रमणलाई महत्वका साथ हेरिएको छ। सोमबार राति रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनको अलगाववादी नियन्त्रित दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएका थिए। र, त्यहाँ जान आफ्ना सेनालाई निर्देशन पनि दिइसकेको छन्।

उता युक्रेनले रुसको प्रतिवाद गर्ने बताएको छ। युद्धको अवस्था आएका बेला खान रुस पुगेका हुन्। वास्तवमा पाकिस्तान दक्षिण एसियामा आणविक शक्तिसम्पन्न दोस्रो ठूलो शक्ति हो। रुसले पाकिस्तानलाई हातमा लिएर पश्चिमा राष्ट्रलाई रणनीतिक सन्देश दिन चाहेको अनुमान गरिएको छ।

खान २३ वर्षपछि पहिलोपटक रूस भ्रमणमा जाने पाकिस्तानी जननिर्वाचित नेता हुन्। रूस भ्रमणमा पाकिस्तानी प्रधानमन्त्री खान जाँदा इस्लामावादले के प्राप्त गर्नेछ भन्ने निश्चित छैन। यद्यपी शीतयुद्धका बेला अमेरिकी खेमामा रहेको पाकिस्तान अब त्यहाँबाट अलग भएको संकेत गर्न पनि पुटिनले खानलाई भ्रमणको निम्तो पठाएको हुनसक्ने अनुमान गरिएको छ।

त्यसो त अमेरिकाको रुसबाहेक अर्को हरेक हिसाबले मुख्य प्रतिस्पर्धी राष्ट्र चीनसँग पाकिस्तानको राम्रो सम्बन्ध छ। यसबीचमा पाकिस्तानले चीनसँग मात्र नभएर अब क्षेत्रीय शक्तिका रूपमा आफ्नो सम्बन्ध विस्तार गर्न खोजेको र व्यापारिक तथा आर्थिक लाभ लिन रुससँग सहयोगको अपेक्षा गरिरहेको विश्लेषण गरिएको छ।

उता रूसले युक्रेन मामिलामा समर्थन बटुल्न खोजिरहेका बेला खानको रुस भ्रमण रुसलाई महत्वपूर्ण अवसर हुनसक्छ। –बीबीसी