५ कार्तिक २०८३, बिहिबार

दक्षिणपूर्वी नाइजेरियामा चार प्रहरीको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

लागोस, १० फागुन । दक्षिणपूर्वी नाइजेरियामा संदिग्ध पृथकतावादीहरूले गरेको दुई छुट्टाछुट्टै आक्रमणमा चार प्रहरीको मृत्यु भएको प्रहरीले मङ्गलबार जनाएको छ।

आइतवारको पहिलो घटनामा, बन्दुकधारीहरूले इमो राज्यको इसु प्रहरी चौकीमा बम विस्फोट गराए जसमा दुई प्रहरी अधिकारीको मृत्यु भएको र एक जना सामान्य घाइते भएको राज्यका प्रहरी प्रवक्ता माइकल अबाटमले बताएका छन् ।

बियाफ्रा पूर्वी सुरक्षा नेटवर्कको निषेधित आदिवासी जनजातिको सदस्य भएको आशङ्कामा सशस्त्र व्यक्तिहरूले स्टेशनमा पछाडिबाट आक्रमण गरेका थिए। सो घटनामा संलग्न १७ जनालाई पक्राउ गरिएको छ ।

त्यसैगरी एनुगु राज्यका भूमि आयुक्त, चिदी आरोहका दुई प्रहरी एम्बुसमा मारिएको अनाम्ब्रा राज्यका प्रहरी प्रवक्ता तोचुकु इकेंगाले एएफपीलाई जनाएका छन् ।-रासस