५ कार्तिक २०८३, बिहिबार

रश्मिकासँग विहे गर्ने अफवाहबारे विजय भन्छन् – ‘बकवास खबर’

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दक्षिण भारतीय चलचित्रमा पछिल्लो समय निकै लोकप्रिय दुई कलाकार हुन् – रश्मिका मण्डना र विजय देवरकोण्डा। यी लोकप्रिय त थिए नै, अब यिनको विवाह समेत हुने खबर आगोझैँ फैलिएको छ।

उनीहरूको बारेमा कतिसम्म खबर फैलिएको छ भने उनीहरूले यही वर्ष नै विवाह गर्न सक्ने पनि बताइएको छ। जताततै यही खबर फैलिएपछि विजय देवरकोण्डा आफैँ उत्रिएका छन् यसको खण्डन गर्न। उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो भनाइ राखेका छन् सदाझैँ बकवास खबर, के हामीलाई समाचारप्रति प्रेम छैन

यता नायका रश्मिका भर्खर २५ वर्षकी भइन्। उनले तत्काल विहेबारे आफूले नसोचेको बताएकी छिन्। उनले आफ्नो पार्टनर भने यस्तो खोजेकी छिन् जोसँग जीवन बिताउन कम्फर्टेबल महसुस होस्।

हुन त यी जोडीको ुडियर कमरेडु फिल्मबाटै उनीहरू सम्बन्धमा भएको लख काटिएको थियो। डियर कमरेडमा उनीहरूको केमिष्ट्री यति मन पराइयो कि फिल्म पनि सुपरहिट, जोडी पनि सुपरहिट। यस फिल्म लगत्तै उनीहरूले ुगीता गोविन्दमुमा पनि सँगै काम गरे।-एजेन्सी