
फ्रान्स, ९ फागुन । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले आइतवार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन कुराकानीपछि पुटिन र बाइडनबीच कुराकानी हुने जानकारी दिएका छन् ।म्याक्रों र पुटिनबीच १०५ मिनेट कुराकानी भएको थियो । कुराकानीपछि पुटिनले रुसका सुरक्षा प्रत्याभूति मागलाई अमेरिका र नेटोले गम्भीरतापूर्वक लिनुपर्ने बताए ।
म्याक्रोंले बाइडनसँग पनि फोनमा कुराकानी गरेका थिए तर त्यो वार्ता १५ मिनेट मात्र चल्यो रणनीतिक स्थिरता तथा युरोपको सुरक्षासँग सम्बन्धित विषयमा वार्ता गर्न बाइडन र पुटिनले सहमति जनाएको फ्रान्सको राष्ट्रपति कार्यालयले जनाएको छ ।
अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केन र रुसी समकक्षी सर्गे लाभरोभले कूटनीतिक पहलका लागि बिहीवार भेटघाट गर्दैछन् ।बाइडनले शिखरवार्ताका लागि सबै सरोकारवालासँग काम गर्न प्रतिबद्धता जनाएका छन् ।
ब्लिन्केन र लाभरोभको भेट भएको दिन बाइडनले ७ मुलुकका नेताहरूसँग भर्चुअल शिखरवार्ता गर्नेछन् । –एजेन्सी















प्रतिक्रिया