१७ कार्तिक २०८३, मंगलबार

हृदयश त्रिपाठीले नयाँ पार्टी दर्ताका दिए निवेदन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ माघ । हृदयश त्रिपाठीले आफ्नै नेतृत्वमा जनता प्रगतिशील पार्टी नेपाल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

शुक्रबार त्रिपाठीले ३० सदस्यीय कार्यसमितिसहित आयोगमा निवेदन दिएका हुन् । ३० मध्ये १५ जनाले सनाखत गरिसकेको र १५ जनाले आइतबार सनाखत गर्ने बताइएको छ ।

अहिलेसम्म पार्टीको चुनाव चिन्ह तोकिएको छैन ।

पार्टीको वरिष्ठ उपाध्यक्षमा डा.शिवजी यादव छन् । त्यस्तै अन्य तीनजना उपाध्यक्षमा हर्ककलाल सिंहराजवंशी, मोहम्मद साविर हुसैन र फरहान अकवाल खाँ रहेका छन् ।

महासचिवमा इश्वर दायाल मिश्र र डा.भरतकुमार थापा रहेका छन् भने सदस्यहरुमा बाबा सरकार श्रेष्ठ, हेमशंकर सिंह ‘राजपुत’, श्याम थापा, देवेन्द्र किशोर ढुगांना, उमा तिवारी, रामचन्द्र सुतियार शर्मा, श्रीमननारायण मिश्र, शोभा त्रिपाठी, गीता भुसाल, श्यम कृषि अधिकारीलगायतका छन् ।