शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौं उपत्यकामा शुक्रबार थपिए २ हजार ६०७ जना नयाँ संक्रमित

सक्रिय संक्रमितको संख्या ११ हजारनजिक, जोखिम उच्च

दैनिक नेपाल २०७८ पुष ३० गते १६:५७

काठमाडौं, ३० पुस । आज शुक्रबार देशभर कोरोना भाइरसका ५ हजार ८७ जना नयाँ संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै २ हजार ६०७ जना संक्रमित थप भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभरमध्ये सबैभन्दा बढी काठमाडौंमा मात्रै १ हजार ९१३ जना संक्रमित थपिएका छन् । त्यसैगरी ललितपुरमा ३७७ जना र भक्तपुरमा ३१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या १० हजार ८११ जना पुगेको छ । काठमाडौंमा ७ हजार ६२५, भक्तपुरमा १ हजार २५१ र ललितपुरमा १ हजार ९३५ जना सक्रिया संक्रमित छन् ।

प्रतिक्रिया
सम्बन्धित