शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

कोरोना नियन्त्रण गर्न नेपाल असफल : ह्युमन राइट्स वाच

दैनिक नेपाल २०७८ पुष ३० गते १०:३०

काठमाडौं, ३० पुस । मानव अधिकारको विश्वव्यापी अवस्था सम्बन्धमा सार्वजनिक प्रतिवेदनले नेपालमा सरकारको असंवेदनशीलता र अक्षमताले कोरोना महामारीको दोस्रो लहरमा धेरै नागरिककको मृत्यु भएको औंल्याएको छ ।

अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले सरकार संवेदनशील र सक्रिय भएको भए धेरै जना संक्रमितलाई मृत्युको मुखमा पुग्नबाट बचाउन सकिने दाबी गरेको हो ।

‘कोभिड–१९ महामारीमा पूर्वतयारी गर्न र उच्च बिन्दुमा पुग्दा त्यसलाई सम्बोधन गर्न सरकार पूर्णतया असफल भयो, जसको परिणाम थुप्रै बिरामीको मृत्यु हुन पुग्यो’, प्रतिवेदनमा भनिएको छ, ‘जसलाई रोक्न सकिन्थ्यो ।’

दोस्रो लहर उच्च बिन्दुमा पुगेका बेला (२०७७ को वैशाख–जेठमा) स्वास्थ्य अधिकारीहरूले भनेका कुरा उद्धृत गर्दै प्रतिवेदनमा अगाडि भनिएको छ, ‘बिरामीहरू अक्सिजन सिलिन्डरको अभावमा मरिरहेका थिए, सरकार त्यस्तो महामारीको पूर्वतयारी गर्न असफल भएको थियो । खोप अभावले अवस्था अझ खराब भएको थियो । खोप खरिदमा अनियमितता भएका विवरण सार्वजनिक भए, भ्रष्टाचारले गर्दा खोप खरिद प्रक्रिया अझ ढिला हुन पुग्यो ।’

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार कोरोनाको दोस्रो लहरमा मात्र ६ हजारभन्दा बढी नागरिकको मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित