मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

श्रममन्त्री भन्छन्– सरकारको मुख्य प्राथमिकता देशभित्रै रोजगारीका अवसर सृजना गर्नु हो

दैनिक नेपाल २०७८ पुष ३० गते १०:१९

काठमाडौं, ३० पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले देशव्यापीरुपमा आन्तरिक रोजगारीको वातावरण सृजना गर्नका लागि स्थानीय तहदेखि नै रोजगार कार्यक्रमलाई विस्तार गर्ने प्रतिवद्धता जनाएका छन् ।

मन्त्रालयले पोखरामा आयोजना गरेको आन्तरिक रोजगारी प्रवर्द्धनका लागि छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले रोजगारी सृजना गर्न तीन तहका सरकारबीच प्रभावकारी समन्वय गर्दै अगाडि बढ्न आग्रह गरेका छन् ।

श्रेष्ठले उद्यमशीलताको संस्कृति विकास गर्दै कामको सम्मान गर्ने वातावरण तयार गर्नुपर्ने उल्लेख गर्दै बजारको मागबमोजिम सीपमूलक श्रमशक्ति विकास गर्न आवश्यक रहेको बताएका छन् । यो क्षेत्रका व्याहारिक कठिनाइ तथा समस्याको पहिचान गर्दै आन्तरिक रोजगारीको क्षेत्रमा क्रियाशील सरोकारवालाहरुलाई प्रोत्साहित गर्ने सरकारको नीति रहेको उनको भनाइ छ ।

सरकारको मुख्य प्राथमिकता देशभित्रै रोजगारीको अवसर सृजना गर्नु रहेको बताउँदै मन्त्री श्रेष्ठले पर्याप्त मात्रामा रोजगारी सृजना गर्न दीर्घकालीन रणनीति बनाएर अघि बढ्नु आवश्यक रहेको बताएका छन् । स्थानीय स्तरमा रहेका रोजगारीको सम्भावनाका क्षेत्रहरुको पहिचान गर्न रआन्तरिक रोजगारीको प्रवर्द्धनमा संघ, प्रदेश र स्थानीयतहबीच गर्नुपर्ने समन्वय र सहकार्यका क्षेत्रहरुको पहिचान गर्न आवश्यक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित