शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

टिचिङमा एकैदिन ६० जना भन्दा बढी डाक्टर र नर्समा कोरोना संक्रमण पुष्टि

काठमाडौंका ६ वटा ठूला सरकारी अस्पतालका १४३ जना स्वास्थ्यकर्मी संक्रमित

दैनिक नेपाल २०७८ पुष ३० गते ७:३२

काठमाडौं, ३० पुस । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा एकैदिन ६० जना भन्दा धरै डाक्टर तथा नर्समा कोरोना संक्रमण पुष्टि भएको छ ।

कन्ट्याक ट्रेसिङमा परेका डाक्टर र नर्सहरुको कोरोना जाँच गर्दा बिहीबार ६० जना भन्दा धेरैमा संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ । अझै केहीको रिपोर्ट आउने क्रममा रहेको अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेको भनाइ छ ।

अस्पतालको मेडिकल आईसीयूमा उपचारत बिरामीमा कोरोना संक्रमण देखिएपछि उनको जाँच र उपचारमा खटिएका डाक्टर र नर्सलगायतको कोरोना परीक्षण गरिएको थियो ।

एकैपटक यति धेरै संख्यामा चिकित्सक नर्सलगायत स्वास्थ्यकर्मी संक्रमित हुँदा सेवा सञ्चालनमा समस्या पर्ने देखिएको छ ।

यसैबीच काठमाडौंका ६ वटा ठूला सरकारी अस्पतालका १४३ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । जस अनुसार टिचिङ अस्पतालमा ६५ जना, वीर अस्पतालमा ३५ जना, पाटन अस्पतालमा २५ जना, टेकु अस्पताल ४ जना, नेपाल प्रहरी अस्पतालमा १० जना र सशस्त्र प्रहरी अस्पतालमा ४ जना स्वास्थ्यकर्मी तथा कर्मचारी संक्रमित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित