९ कार्तिक २०८३, सोमबार

ललितपुर चौतारीको अध्यक्षमा आचार्य र सचिवमा दुलाल सर्वसम्मत

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, २९ पुस । प्रेस चौतारी नेपाल जिल्ला समिति ललितपुरको अध्यक्षमा बीएम आचार्य सर्वसम्मत चयन भएका छन् ।

ललितपुरको कुमारीपाटीमा आज बिहीबार आयोजित पाँचौं जिल्ला अधिवेशनले आचार्यलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा शान्ति घिमिरे र नवीन लुइँटेल तथा सचिवमा अशोक दुलाल सर्वसम्मत भयन भएका छन् । त्यस्तै सहसचिवमा अविन लिम्बु र सन्तोष दाहाल तथा कोषाध्यक्षमा ईश्वर महर्जन सर्वम्मत चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा सुभानु आचार्य, कल्याण पौडेल, लक्ष्मण दुलाल, सुरेश तामाङ, रवि महर्जन, ज्ञानबहादुर महर्जन, रेखा खुलाल, संगम श्रेष्ठ, नरेन्द्र चालिसे र विद्वान कुलुङ चयन भएका छन् ।

अधिवेशनमा निवर्तमान कार्यसमितिका सह–संयोजक अशोक दुलालले स्वागत मन्तव्य दिँदै ललितपुरको पत्रकारितालाई अघि बढाउन स्थानीय पत्रकारितालाई प्रवद्र्धन गर्नुपर्ने बताए । उनले भने, ‘स्थानीय पत्रकारितालाई अघि बढाउन पत्रकारिता पुरस्कार स्थापनाका लागि अक्षय कोष स्थापना गर्नुपर्छ ।’

सहसंयोजक दुलालको प्रस्तावमा समर्थन जनाउँदै नेकपा एमालेका प्रदेश कमिटी सदस्य दामोदर खड्काले १ लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् । कार्यक्रममा चौतारीका संयोजकले प्रतिवेदन प्रस्तुत गर्दै पत्रकारिता तालिम तथा हरेक महिना अनतर्क्रिया गर्ने योजना अघि बढाएको बताएका छन् ।

कार्यक्रममा प्रेस चौतारी नेपालका इञ्चार्ज एवम् गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले आजको समाजमा जुझारु पत्रकार आवश्यक रहेको र प्रेस चौतारीले यस्ता पत्रकारहरु जन्माउनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

कार्यक्रममा पत्रकार ईश्वरराज ढकाल प्रेस चौतारी ललितपुर क्रियाशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ भने नवनिर्वाचित ललितपुर एमालेको जिल्ला र पालिका कार्यसमितिका पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।