९ कार्तिक २०८३, सोमबार

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइयो (फोटो फिचर)

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । नेपाली सेनाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सम्मान तथा सम्झनामा विगतमाझैं यो वर्ष पनि ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७८’ विविध कार्यक्रमहरुको आयोजना गरी मनाएको छ ।

एकता दिवसलाई लक्षित गर्दै सेनाले पुस २० गतेदेखि नै देशका विभिन्न स्थानहरुमा विविध कार्यक्रमहरु सञ्चालन गगरेको थियो । संचालित कार्यक्रमहरुमध्ये गोरखा–काठमाण्डौं एकीकरण मार्ग पदयात्रा उल्लेखनीय रहेको नेपाली सेनाले बताएको छ ।

गत बुधबार गोरखाबाट शुरु भई आज (पुस २७) हनुमान ढोकाबाट हिमाली, पहाडी, तराई तथा काठमाडौंका नेवार समुदायलगायत सबै क्षेत्र र समुदायको प्रतिनिधित्व हुने गरी राष्ट्रिय एकता झल्कने बाजागाजा, झाँकी, लाखेनाच सहितको सांस्कृतिक प्रस्तुतिकासाथ जङ्गी अड्डामा समापन भएको थियो ।

उक्त पदयात्राको दौरान पृथ्वी नारायण शाहको फोटो बग्गीमा राखी नगर परिक्रमा समेत गरिएको सेनाले जनाएको छ । साथै देशका विभिन्न स्थानहरुमा नेपाली सेनाका युनिटहरुले पदयात्रा समेत सञ्चालन गरेका थिए ।

त्यस्तै सेनाले आज राष्ट्रव्यापी कविता प्रतियोगिता आयोजना गरेको छ । जस अन्तर्गत उत्कृष्ट ७ वटा कविता वाचन गरिनाका साथै इतिहासविद प्रा. दिनेशराज पन्तबाट पृथ्वीनारायण शाहको दिब्योपदेशसम्बन्धी प्रवचनको कार्यक्रम गरिएको थियो ।

त्यसपछि कायममुकायम प्रधान सेनापति एवम् बलाधिकृत रथी बालकृष्ण कार्कीले जङ्गी अड्डास्थित पृथ्वीनारायण शाहको शालिकमा सलामी तथा माल्यार्पण गरेका थिए ।