९ कार्तिक २०८३, सोमबार

फोहोरमैला व्यवस्थापन संघको अध्यक्षमा आचार्य

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । फोहोरमैला व्यवस्थापन संघ नेपाल (स्वामान)को छैठौ साधारणसभाले धनप्रसाद आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

गत शनिबार बत्तीसपुलस्थित अनुपन फुडल्याण्डमा सम्पन्न सभाले आगामी दुई वर्षका लागि आचार्यलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

१७ सदस्यीय नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षत्रयमा सहदेव राउत, रामकुमार घिमिरे र बबरमान तामाङ चयन भएका छन् । त्यस्तै महासचिवमा मित्रप्रसाद घिमिरे, सचिवद्वयमा भूपाल आचार्य र निरकुमार वाग्ले, कोषाध्यक्षमा राजेन्द्र पोख्रेल तथा सहकोषाध्यक्ष लक्ष्मीप्रसाद गेलाल चयन भएका छन् ।

सदस्यहरूमा पदम थापा, मुना न्यौपाने, संगीता वानियाँ, गीता कार्की, नवराज आचार्य, ओमराज लामा, सुवास लामा, केदार केसी रामेश्वर पोखरेललगायत निर्विरोध निर्वाचित भएका छन् ।

स्वामानले फोहोरमैलाका सन्दर्भमा सरकारसँग नीतिनियम बनाउने तथा स्थानीय सरकारका निकायलाई समेत आपसी समन्वय र सहकार्य गर्दै आएको छ । साथै फोहोरमैलामा क्रियाशील संघसंस्थाहरूको वृत्तिविकासका क्षेत्रमा पनि संस्थाले अभिभावकीय भूमिका निर्वाह गर्दै आइरहेको छ ।

६ वर्षअघि स्थापित यो संस्थामा ७८ वटा संघसंस्था आवद्ध छन् । स्वामानले मुख्यतः फोहोरमैलासम्बन्धी कार्यशाला गोष्ठी, फोहोरमैला व्यवस्थापन राष्ट्रिय सम्मेलन, उत्प्रेरणा तथा सम्मान कार्यक्रम, सम्पदा पद यात्रा, बागमती, रुद्रमती, विष्णुमती नदी र विभिन्न सरसफाइ अभियानमा सहभागि, कार्य सञ्चालन निर्देशिका जारी, अवलोकन भ्रमण, अध्ययन भ्रमणजस्ता कार्यक्रमहरू समेत गर्दै आएको छ ।

– मुना न्यौपानेबाट