९ कार्तिक २०८३, सोमबार

आजदेखि काठमाडौं उपत्यकामा बालबालिकालाई कोरोनाविरुद्ध खोप लगाइँदै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । सरकारले आज मंगलबारदेखि काठमाडौं उपत्यकाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै उपत्यकाका तीन वटै जिल्लाका विद्यालयहरूमा आजदेखि खोप लगाउने जानकारी दिएको हो ।

उपत्यकाका यी तीन जिल्लाका केही स्थानीय तहमा भने केही दिनअघिदेखि नै खोप कार्यक्रम शुरू भइसकेको मन्त्रालयले जनाएको छ । खोप कार्यक्रम शुरू नभएका स्थानमा आजबाट लगाइने मन्त्रालयले जनाएको छ ।

बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइने छ । बालबालिकाहरुलाई उमेर खुल्ने कागजात लिई तोकिएका खोप केन्द्रमा गई भीडभाड नगरी स्वास्थ्यका मापदण्ड पूरा गरी खोप लिन मन्त्रालयले आग्रह गरेको छ ।