९ कार्तिक २०८३, सोमबार

काठमाडौं एमालेको नेतृत्वमा निरौला सर्वसम्मत, कुन जिल्लामा कसले लियो नेतृत्व ?

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । नेकपा एमाले जिल्ला कमिटी काठमाडौंको अध्यक्षमा दीपक निरौला सर्वसम्मत चयन भएका छन् ।

गत शुक्रबार उद्घाटन भएको जिल्ला कमिटी काठमाडौंको छैठौं अधिवेशनअन्तर्गत जारी बन्दसत्रले निरौलाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

जस अनुसार उपाध्यक्षमा नवराज पराजुली सचिवमा राजेश शाक्य, उपसचिवद्वयमा विन्दु महर्जन र तेज ढकाल चयन भएका छन् । अधिवेशनले विभिन्न क्लष्टरबाट २२५ जना सदस्य चयन गरेको छ भने अन्य १० प्रतिशत सदस्य मनोनित समेत हुने बताइएको छ ।

काठमाडौं–५ (२) बाट बागमती प्रदेससभा सदस्यमा निर्वाचित अध्यक्ष निरौला नेकपा एमाले संसदीय दलको प्रमुख सचेतक समेत हुन् ।

कुन जिल्लामा कसले लियो नेतृत्व ?

बागलुङ – हिराबहादुर केसी 

काठमाडौं – दिपक निरौला

झापा– दीपक कार्की

पाल्पा– धनेन्द्रराज घिमिरे

दाङ– हुकुमबहादुर बस्नेत

डोल्पा– शेरबहादुर बुढा

सल्यान– गोविन्द पुन

बर्दिया– लालबहादुर श्रेष्ठ

बाँके– किस्मतकुमार कक्षपति

धादिङ– भूमि त्रिपाठी

अर्घाखाची– पीताम्बर भुसाल

मोरङ– ऋषिकेश पोखरेल

काभ्रे– अशोक ब्याञ्जु

भक्तपुर– बचन देउजा

गुल्मी– बालसिंह काउछा

खोटाङ– रामप्रसाद दंगाल

सप्तरी– ताराकान्त चौधरी

तनहुँ– श्रीप्रसाद श्रेष्ठ

धनकुटा– इन्द्रमणि पराजुली

रसुवा– कर्णेल लामा

नवलपरासी (पश्चिम)– दीपेन्द्र अधिकारी

कपिलवस्तु– डम्बर शर्मा

नुवाकोट– बद्रीप्रसाद मैनाली

तेह्रथुम– तेजमान कन्दङ्वा

रुपन्देही– तेजेन्द्र केसी

लमजुङ– कृष्णप्रसाद अधिकारी

पाँचथर– राजकुमार भण्डारी

रामेछाप– आनन्द श्रेष्ठ

गोरखा– प्रेमबहादुर गुरुङ

मकवानपुर– एकलाल श्रेष्ठ

डडेल्धुरा– प्रकाश सावँद

भोजपुर– शरण राई

बैतडी– सुरेन्द्र पाल

म्याग्दी– देवेन्द्र केसी

विशेष जिल्ला कमिटी अध्यक्षहरु:

मजदुर विशेष– जितेन्द्र श्रेष्ठ

पेशागत विशेष–उमेश ढकाल