९ कार्तिक २०८३, सोमबार

एमाले बागलुङको अध्यक्षमा हिराबहादुर केसी निर्वाचित

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, २६ पुस । नेकपा एमाले बागलुङको अध्यक्षमा हिराबहादुर केसी निर्वाचित भएका छन् ।

आज सोमबार बिहान सम्पन्न मतगणनाको परिणाम अनुसार केसीले आफ्ना प्रतिद्वन्द्वी कृष्ण पाठकलाई १०१ मतको अन्तरमा पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । केसीले ३२९ मत र पाठकले २२८ मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का प्रत्यासी मेहरसिंह पाइजाले ३४ मत मात्रै प्राप्त गरे ।

एमाले बागलुङको उपाध्यक्षमा लक्ष्मण पुन र सचिवमा विष्णु भुषाल यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । दुई जना उपसचिवका लागि भएको निर्वाचनमा २९९ मत प्राप्त गरी गणेश थापा र २२८ मत प्राप्त गरी डम्मर छन्त्याल विजयी भएका छन् ।

यस्तै २४ जना खुल्लातर्फका जिल्ला सदस्यहरूमा अमर बहादुर थापाले सबैभन्दा बढी ४२७ मत प्राप्त गरी विजयी भएका छन् । एमालेको नवौ जिल्ला अधिवेशनमा भएको निर्वाचनमा काठेखोला गाउँपालिकाका अध्यक्ष समेत रहेका थापा म्यान अफ द इलेक्सन समेत बनेका छन् ।

अन्य खुल्ला सदस्यहरूमा शेखर खड्का (३९७), रुद्र पौडेल (३८४), सम्पन्न श्रेष्ठ (३६८), अनन्त बहादुर खड्का (३६३), नेत्र बहादुर बिष्ट (३५८), प्रेम लामिछाने (३५७), बालकृष्ण शर्मा (३५६), पुनम प्रसाद शर्मा (३५६) इश्वरलाल राजभण्डारी (३५५), पवित्रा रोका (३५३), लोकेन्द्र बहादुर केसी (३५३), भुपेन्द्र खड्का (३४३), यम बहादुर श्रीस थापा (३४२), शिव शर्मा (३४२), दिपक गौतम (३३३), रुद्र बहादुर महत क्षेत्री (३३२), सन्दिप खड्का (३२६), खिम बहादुर थापा मगर (३२१), प्रेम बहादुर केसी (३१९), चन्द्र गणेश (३१३), जित बहादुर क्षेत्री (राजन) (३११), कृष्ण अधिकारी (३०८) र खगेन्द्र पौडेल (३०६) विजयी भएका छन् ।