९ कार्तिक २०८३, सोमबार

गौशालामा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । काठमाडौंको गौशालामा बसले स्कुटरलाई ठक्कर हिँदा एक जनाको मृत्यु भएको छ ।

सोमबार साँझ बसको ठक्करबाट गम्भीर घाइते भएकी स्कुटर चालकको उपचारको क्रममा आज मंगलबार बिहान मृत्यु भएको हो । सोमबार साँझ बा ५ ख १५३८ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएकी २५ वर्षीया कृतिका कार्कीको आज बिहान ५ बजे सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दोलखा घर भएकी कार्की काठमाडौंको शान्तिनगरमा बस्दै आएकी थिइन् । बाग्मती प्रदेश ०२–०२१ प १९३५ नम्बरको स्कुटरमा सवार उनलाई एयरपोर्ट–गौशाला सडकखण्डको पिंगलास्थान (पशुपति भिजनअगाडि) सोमबार साँझ सवा ६ बजे बसले ठक्कर दिएको थियो ।