९ कार्तिक २०८३, सोमबार

‘दुगुनागढी एकीकरण मार्ग पदयात्रा–२०७८’ सम्पन्न (फोटोफिचर)

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । सिन्धुपाल्चोकमा तैनाथ नेपाली सेनाको गोरखबक्स गणद्वारा आयोजित ‘दुगुनागढी एकीकरण मार्ग पदयात्रा–२०७८’ कार्यक्रम सम्पन्न भएको छ ।

पूर्वी कमाण्ड हेडक्वार्टरका कमाण्ड सेनापति उपरथी सन्तोष कुमार ढकालको प्रमुख आतिथ्यतामा आइतबार पदयाज्ञा गरिएको हो । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित लार्चा (नेपाल एकीकरण तथा नेपाल तिब्बत युद्धको दौरान नेपाली फौजले प्रयोग गरेको मार्ग) देखि ऐतिहासिक दुगुनागढीसम्म करिब ७.५ किमि उक्त पदयात्रा सञ्चालन गरिएको नेपाली सेनाले जनाएको छ ।

कार्यक्रममा श्री नं २६ बाहिनी अड्डाका बाहिनीपति, भोटेकोशी गाउँपालिकाका प्रमुख तथा जनप्रतिनिधिहरू, श्री गोरख बक्स गणका अधिकृत, पदिक तथा अन्यदर्जा, स्थानिय आमा समुह, स्थानीय क्लबका सदस्यहरु तथा अन्य सुरक्षा निकायका फौजहरुको सहभागिता थियो ।

साथै पदयात्राको दौरान सहभागी टोलीलाई स्थानीय क्लब तथा झिर्पु प्राथमिक विद्यालय र आमा समूहले विभिन्न स्थानमा स्वागत गर्नाका साथै दुगुनागढीमा स्थानीय शेर्पा समुदायले शेर्पा रीतिरिवाज अनुसार स्वागत गरेका थिए ।

सिन्धुपाल्चोकमा अवस्थित ऐतिहासिक दुगुनागढीमा आई सम्पन्न भएको उक्त कार्यक्रम समापनको दौरान प्रमुख अतिथि उपरथी ढकालले दुगुनागढीस्थित नेपाली सेनाको कमाण्ड पोष्टमा राष्ट्रिय झण्डा झण्डोतोलन समेत गरेका थिए ।

कमाण्ड सेनापति ढकालले पदयात्राको दौरान स्थानीय आमा समूह, स्थानीय क्लबहरु र भोटेकोशी गाउँपालिकाको सक्रिय सहभागिता तथा आतिथ्य र गढीको संरक्षणमा गरिएका प्रयासहरुको लागि धन्यबाद व्यक्त गर्दै कार्यक्रमको समापन गरिएको थियो ।