९ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री देउवाले भने– केही महिनामै निर्वाचन हुँदैछ, तपाईंहरू तयारीमा जुट्नुस्

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ मंसिर । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अबको केही महीनामै स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।

प्रदेश नम्बर १ को पार्टी अधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले केही महीनामै स्थानीय तहको निर्वाचन र एक वर्षभित्र संघ र प्रदेशको निर्वाचनमा जाने बताएका हुन् ।

निर्वाचन नजिकिएकाले तयारी अवस्थामा रहन तथा निर्वाचनको तयारी गर्न उनले आफ्ना नेता–कार्यकर्ताहरूलाई निर्देशन समेत दिएका छन् । प्रधानमन्त्री देउवाले जारी अधिवेशन र आसन्न महाधिवेशनलाई राष्ट्रिय चुनावमूखी बनाउन नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

पार्टीको आन्तरिक चुनावमा जीत हार स्वभाविक लिँदै राष्ट्रिय चुनाव जित्नका लागि एक ढिक्का हुनुपर्नेमा देउवाको जोड छ ।

‘१४औं महाधिवेशनबाट पार्टीलाई बलियो बनाएर तीा वटै तहका निर्वाचनमा कांग्रेसलाई विजयी बनाउनुपर्ने दायित्व तपाई हामी सबैको काँधमा आएको छ,’ देउवाले भने, ‘केही समयभित्रै हामी स्थानीय तहको निर्वाचनमा जाँदैछौं । एक वर्षभित्रै प्रदेश र संघको निर्वाचनमा जानेछौं । १४औं महाधिवेशनमा हाम्रो ध्यान चुनाव केन्द्रीत हुनुपर्ने छ ।’